२२ कार्तिक २०८३, शनिबार | Sat Nov 7 2026

डि.पी खनालको ‘सोची हेरन’ सार्वजनिक 

८ वैशाख, काठमाडौँ । चर्चित गीतकार डि.पी खनालको शब्दमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सोची हेरन’ डिजिटल बजारमा सार्वजनिक भएको छ। सुदिप भण्डारीको स्वरमा रहेको यस गीतलाई शंकर थापा ‘स्माइल’ले संगीतवद्द गरेका हुन्। गीतमा संदेश रुचालको संगीत संयोजन रहेको छ।

 

आत्मसम्मान, जिम्मेवारी भित्रको प्रेम कहानी प्रस्तुत गरिएको म्युजिक भिडियोमा बिकाश लामिछाने र सिर्जना जिसी फिचर्ड छन्। अनिल कुमार मानन्धरको छाँयाकंन तथा दिन्शन शाहले सम्पादन गरेको यस भिडियोलाई सुरेन्द्र मल्ल ठकुरीले निर्देशनमा तयार पारिएको हो। डश म्युजिक नेपालको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। म्युजिक भिडियोलाई दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

प्रकाशित मिति : April 21, 2021 at 12:37 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/