सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा
८ वैशाख, काठमाडौँ । लामो समयदेखि पेसीमा नचढेको सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा तोकिएको छ। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र इश्वर खतिवडा रहेका छन्। सशस्त्र द्वन्द्वको बेला काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो।

हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै अर्जुनको श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन्। उक्त रिटको पछिल्लो पटक गत माघ २३ गते संवैधानिक इजलासमा पेसी चढेको पनि हेर्न नभ्याइनेमा परेको थियो। यो रिट यसअघि १९ पटक पेसीमा चढेको थियो।
प्रकाशित मिति : April 21, 2021 at 10:58 am



