सकियो माओवादी स्थायी कमिटी बैठक,सरकारलाई दिएको समर्थनबारे कुनै निर्णय भएन
वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे कुनै निर्णय नगरी नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार पार्टी कार्यालय कोटेश्वरमा बसेको माओवादी स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थनबारे कुनै औपचारिक निर्णय नगरेको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सरकारलाई आफूहरूको समर्थन नरहने बताए पनि औपचारिक रूपमा भने माओवादीले समर्थन फिर्ता लिएको छैन । आजको बैठकबाट समर्थन फिर्तासम्बन्धी निर्णय हुने बताइएकाे थिए । अर्को बैठक भोलि बस्दै छ ।

प्रकाशित मिति : 17:39









