एकताबद्ध एमाले बनाउन पूर्वमन्त्री विष्टको अपिल
७ वैशाख, काठमाडाैँ । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले पार्टीको एकताको रक्षा गर्न अपिल गर्नुभएको छ । पार्टी भित्र चलेको लामो विवादको श्रृंखलामा खासै सार्वजनिक अभिव्यक्ति नदिनुभएको विष्टले मंगलबार सामाजिक सञ्जाल मार्फत एक अपिल गर्नु भएको छ ।

उहाँको अपिल यस्तो छ
विगत केहि समय यता नेकपा एमालेमा देखापरेका समस्याहरुको समाधानकालागि संयमीत र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को एकतर्फी र बिनाकारण सांसदहरुमाथी कारबाहीका घटनाहरु अघि बढाइएको छ । यस्ता कारबाहीका शृखंलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ । संवादहीनता र कारबाहीको बाटो कुनैपनी हालतमा समाधान हुन सक्दैन । अदालतको फैसला बमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट संचालन गरेर नै एकता जोगाउन सकिन्छ । एउटा इमान्दार कार्यकर्ताकोलागि पदीय हैसियत भन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथी हुन्छ । यसर्थ एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहना बमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँताएर विधि मार्फत समाधान खोज्न म आग्रह गर्दछु । पार्टी एकताको रक्षा गरौं ।
प्रकाशित मिति : 16:23









