२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

माधव नेपालसहित ३२ सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण (सूचीसहित)

७ वैशाख, काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ । पार्टीको आज बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लघङ्न गरेका आरोपमा २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको हो ।

सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको व्यवस्थानुसार स्पष्टीकरण सोधिएको एमाले कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । पार्टी अध्यक्ष तथा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सोध्नुभएको स्पष्टीकरणको पत्र आजै ती नेतालाई पठाइएको छ । उहाँका अनुसार दुई दिनभित्र स्पष्टीकरणको जवाफ पेश गर्न निर्देशन दिइएको छ ।

उहाँहरु सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) को धारा ४९ (क) (१) देखि (७) र (१२) र (१४) मा भएका व्यवस्थाविपरीत अनुशासन उल्लङ्घन गरेकाले विधानको धारा ४९ (ख) (ग) धारा ५० बमोजिम र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १(ग) बमोजिम कारवाही किन नगर्ने भनेर स्पष्टीकरण सोधिएको छ । उहाँका अनुसार स्पष्टीकरण सोधिनेमा पूर्वप्रधानमन्त्री नेपाल र झलनाथ खनालसहित भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, प्रकाश ज्वाला, झपट रावल, मेटमणि चौधरी, रामकुमारी झाँक्रीलगायत रहनुभएको छ । यसअघि पार्टीले नेता नेपालसहित, रावल, भुसाल र पाण्डेलाई छ महीनाका लागि पार्टीबाट निलम्वन गरेको थियो ।

यी हुन् स्पष्टिकरण सोधिएका नेताहरु :

१. माधवकुमार नेपाल

२. भीम रावल

३. सुरेन्द्र पाण्डे

४. घनश्याम भुसाल

५. पवित्रा निरौला

६. झपट रावल

७. मेटमणि चौधरी

८. यज्ञराज सुनुवार

९. जीवनराम श्रेष्ठ

१०. झलनाथ खनाल

११. विरोध खतिवडा

१२. सोमप्रसाद पाण्डे

१३. भवानी खापुङ

१४. नारायण खतिवडा

१५. जयकुमार राई

१६. गणेश पहाडी

१७. दिपकप्रकाश भट्ट

१८. योगेशकुमार भट्टराई

१९. हिराचन्द्र केसी

२०. पुष्पाकुमारी कर्ण कायस्थ

२१. कल्याणी खड्का

२२. लक्ष्मीकुमारी चौधरी

२३. सरलाकुमारी यादव

२४. कृष्णलाल महर्जन

२५. नीरादेवी जैरु

२६. मुकुन्द नेउपाने

२७. रामकुमारी झाक्री

कर्णाली प्रदेशका सांसद :

१. प्रकाश ज्वाला

२. नन्दसिंह बुढा

३. कुर्मराज शाही

४. अम्बरबहादुर थापा

५. देवी ओली

प्रकाशित मिति : 14:20