२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

मानसरोवर यात्रामा गएका ८ भारतीय नागरिकको लेक लागेर मृत्यु

१९ असार, काठमाडौँ । कैलाश मानसरोर दर्शन गर्न गएका ८ जना भारतीय नागरिकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार हिजो नै भारतको केरला निवासी ५६ वर्षीय नारायनम लिलाको सिमकोटमा र आन्द्रप्रदेशकी सल्यलक्ष्मीको तिब्बतको ताक्लाकोटमा मृत्यु भएको थियो ।

गत असार १७ गते पनि एक जनाको ताक्लाकोटमै मृत्यु भएको थियो । मानसरोवर दर्शन गर्न जाने क्रममा लेक लागेर सबै ८ जनाको मृत्यु भएको हुम्लाका प्रहरी नायव उपरिक्षक रबीन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १९ असार २०७५, मंगलवार १२:५२