रामबहादुर थापा बादलले आजै गृहमन्त्रीको शपथ लिँदै
५ वैशाख, काठमाडाैँ । राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीमा पुनःनियुक्ति गर्ने भएका छन् । बादलको साँझ ५ बजे राष्ट्रपति भवनमा शपथग्रहण हुने तय भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा प्रवेश गरेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो । संसद सचिवालयले आज विहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको छ । यसअघि माओवादीले प्रतिनिधिसभाका चारजना सदस्य एमालेमा प्रवेश गरेपछि उनीहरुको पद रिक्त गराइसकेको छ ।
प्रकाशित मिति : 11:34









