२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सुनसरीको काेशी कटान क्षेत्रमा जीप दुर्घटना, ६ जनाकाे मृत्यु, ४ जना घाइते

१९ असार, सुनसरी । सुनसरीको कोशी कटान क्षेत्रमा जीप दुर्घटनामा ६ जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा ४ जना घाइते भएका छन । भारतको सुपोलबाट नेपाल घुम्न आएका ६ जना भारतीय नागरिकको सडक दुर्घटनामा परी मृत्यु भएको हो ।

 

धनकुटाको भेडेटार घुमेर भारत फर्कने क्रममा गएराति सुनसरीकाे कोशी गाउपालिका ४ कोशी कटानमा दुर्घटना हुदा उनीहरुको मृत्यु भएको १ नम्वर संघीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले जानकारी दिए । भारतीय गाडीमा सवार १० मध्ये ५ जनाको घटनास्थलमा र १ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०७५, मंगलवार ०७:४२