काठमाडौँ चन्द्रागिरीमा कांग्रेस, माओवादी र राप्रपाका ५६ युवा एमालेमा प्रवेश
५ वैशाख, काठमाडाैँ । काठमाडौँको चन्द्रागिरीमा एमालेप्रति युवाको आकर्षण देखिएको छ । शनिबार चन्द्रागिरीमा भएको एक कार्यक्रममा कांग्रेस, माओवादी र राप्रपाका ५६ युवा एमालेमा प्रवेश गरेका छन ।
एमालेको चन्द्रागिरी नगर कमिटीले गरेको नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रममा कांग्रेस, माओवादी र राप्रपाका युवाहरू पार्टी परित्याग गरेका एमालेमा प्रवेश गरेको चन्द्रागिरीका एमाले नेता श्रीहरि थापाले जानकारी दिनुभयो ।
सो अवसरमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एमाले प्रवेश गरेका युवालाइ खादा लगाएर स्वागत गर्नुभयो ।
प्रकाशित मिति : 09:03









