२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

काठमाडौँकाे धर्मस्थलीमा खोला तर्नेक्रममा बगेर एक जनाको मृत्यु (भिडियो सहित)

१८ असार, काठमाडौ । काठमाडाैमा एक जनाको बगेर मृत्यु भएको छ । सोमवार दिउसो धर्मस्थलीमा खोला तर्नेक्रममा काभ्रे घर भएका ति युवा बगेका थिए । महानगरीय प्रहरी वृत बालाजुका अनुसार मृत्यु हुनेमा काभ्रे घर भएका प्रकास पुराकोटी रहेका छन् ।


पुराकोटी धर्मस्थलीमा घर बनाउने काम गर्दै आएका थिए । धर्मस्थली बाट बगेका उनको झन्डै तीन किलोमिटर तल शेसमती पुल नजिकबाट उद्धार गरीएको थियो । तर उनको खोलैमा मृत्यु भैसकेको थियो ।

प्रकाशित मिति : १८ असार २०७५, सोमबार २२:४७