२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

मेक्सिकोलाई २–० ले पन्छाउँदै ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा

१८ असार, काठमाडौं । डिफेन्डिङ च्याम्पियन जर्मनीलाई पहिलो खेलमै हराएर हाइहाइ भएको मेक्सिको ब्राजिलसँग २–० ले पराजित भएको छ । योसँगै ब्राजिल विश्वकप फुटबलको अन्तिम ८ मा स्थान सुरक्षित गर्न सफल भएको छ ।

पहिलो हाफमा मेक्सिकोले ब्राजिललाई दबाव दिएको थियो । साथै गोल गर्ने केही मौका समेत पाएको थियो । तर, दोस्रो हाफमा ब्राजिल हाबी भयो । ५१ औं मिनेटमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । निर्धा्रित समयको खेल सकिन २ मिनेट बाँकी छँदा उनकै पासमा सब्सिच्युट फर्मिनोले गोल गरे ।

प्रकाशित मिति : १८ असार २०७५, सोमबार २२:१०