२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सल्यानमा अवैध चार थान भरुवा बन्दुकसहित तीन जना पक्राउ

१८ असार,सल्यान  । कुमाख गाउँपालिका–३ चिनालीबाट अवैध चार थान भरुवा बन्दुकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख भरतबहादुर विकले चार थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने केप र छर्रासहित अभियुक्तलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा रहेकाले प्रहरीले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरेको छैन । आफ्नै घर र घर नजीकै बन्दूक लुकाइछिपाई राखेका अवस्थामा विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १८ असार २०७५, सोमबार १८:३३