२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

अक्सिजनको कमीले भारतीय महिलाको सिमकोटमा मृत्यु

१८ असार,हुम्ला । अक्सिजनको कमीले भारतको केराला मालापुरणकी ५६ वर्षीया लीला महेन्द्र नारायणको मृत्यु भएको छ । मानसरोवरको कैलाश यात्रा गरी आइतबार उहाँ हुम्ला आइपुग्नुभएको थियो । सिमकोट विमानस्थलका प्रहरी नायब निरीक्षक मदन शाहीले लेक लागेर उहाँको मृत्यु भएको बताउनुभयोे । मृतकको शव  विमानस्थलम नै रहेकाे जानकारी शाहीले दिनुभयाे ।

असार १५ गते देखिको खराब मौसमका कारण विमानस्थलमा भारतीय र नेपाली नागरिक अलपत्र परेका छन् । पन्ध गते बिहानदेखि हल्का पानी पर्नुका साथै हुस्सु लागेपछि नेपालजञ्ज र सुर्खेतबाट हवाईजहान आउन नसक्दा ४०० जना सिमकोट विमानस्थलमा र सिमकोटको कोहिल्सा नाकामा १५० यात्री अलपत्र परेको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७५, सोमबार १७:२३