१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने

३० चैत, काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रकृया अघि बढाएको छ।कम्पनीले १०० रुपैयाँका दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्काशन  प्रकृया अघि बढाएको हो।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ गराएको छ। केयर रेटिङ नेपालले कम्पनीको आईपीओलाई त्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनी वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउछ।

प्रकाशित मिति : April 12, 2021 at 4:55 pm