२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

अब ‘मेरो सेयर’को पासवर्ड आफैँ रिसेट गर्न सकिने


२९ चैत, काठमाडाैँ । नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ पोर्टलको पासवर्ड आफैँ रिसेट गर्न सकिने सुविधा ल्याउन लागेको छ । आउँदो असारसम्म यो सुविधा ‘मेरो सेयर’ पोर्टलमा प्रदान गरिने सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। उनका अनुसार ‘मेरो सेयर’ सफ्टवेरको अपग्रेडिङ कार्य अन्तिम चरणमा पुगेको छ ।

हाल प्रयोगकर्ताले ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा सम्बन्धित डीपीमा नै पुगेर रिसेटका लागि आग्रह गर्नुपर्छ । यो सुविधा लागू भएपछि लगानीकर्ताले घन्टौं लाइन बसेर पासवर्ड रिसेट गर्नुपर्ने प्रावधान हट्नेछ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आईतवार १५:११