२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

आइतबार घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


२९ चैत, काठमाडाैँ । आइतबार नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । आइतबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ८९ हजार ५ सय रुपैयाँ काराेबार भएको छ । शुक्रबार छापावाला सुन तोलाको ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियाे ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य  ८९ हजार ५० रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुनको मूल्य ८९ हजार ४ सय ५० रुपैयाँमा काराेबार भएको थियो । आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलाको १२८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर तोलाको १२७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आईतवार ११:०९