२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

इमर्जिङ्ग नेपालले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल


२९ चैत, काठमाडाैँ । इमर्जिङ्ग नेपाल लिमिटेडले  साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैंया अंकित मूल्यको दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । साधारण सभाबाट साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेसँगै आईपीओ निष्काशनको प्रकृया अघि बढाएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र एनआईसी एशिया क्यापिटलका बिचमा सम्झौता भएको छ । सम्झौतामा एन आई सी एसिया क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी र ईमर्जिङ्ग नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा विनोद आत्रेयले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आईतवार १०:५८