पत्रकार महासंघको चुनाव र आम चुनाव फरक हुन्छः मुख्यमन्त्री पोखरेल
२८ चैत, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पत्रकार महासंघको निर्वाचन र आम निर्वाचन एकै हुन नसक्ने बताउनुभएको छ । पत्रकार महासंघको निर्वाचनमा प्रेस चाैतारीसहितको गठबन्धन पराजित भएपछि सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै उहाँले पत्रकार महासंघको निर्वाचनसँग आम चुनावको तुलना हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभएको छ ‘हिजो युनियन र सेन्टर मिल्दा महासंघमा चौतारी हारेकै हो । आज त विपक्षमा महागठवन्धन थियो । तर आमचुनाव हिजो नि फरक भयो,भोली नि हुनेछ ।’ पत्रकार महासंघको निर्वाचनमा प्रेस चाैतारीको नेतृत्वमा ९ वटा संगठनको एउटा गठबन्धन रहेको थियो भने प्रेस युनियनको नेतृत्वमा ११ वटा संगठनको गठबन्धन रहेको थियो । शनिबार सम्पन्न मतगणना अनुसार तीन हजार भन्दा बढी मतान्तरमा पोखरेल नेतृत्वको प्यानले नेतृत्वमा बाजी मारेको छ ।
प्रकाशित मिति : 18:43









