२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

रोल्पामा होम स्टे व्यवस्थापन तालिम सम्पन्न


२७ चैत्र,  रोल्पा । गुरुङ्ग गाउँ सामुदायिक होमस्टे लिवाङमा दुई दिन होमस्टे व्यस्थापन तालिम सम्पन्न भएको छ । तालिममा प्युठान र रोल्पा जिल्लाका ४ वटा सामुदायिक होमस्टेका ३५ जना सहभागी हुनु भएको थियो । उद्योग, पर्यटन, वातावरण मन्त्रालय लुम्बिनी प्रदेश सरकारको आयोजनामा सम्पन्न तालिम कार्यक्रममा होमस्टे संचालनका आधारभूत मापदण्ड, अतिथी सत्कार तथा स्थानिय परिकारको बारेमा होमस्टे अभियन्ता तथा संरक्षणकर्मी तिलक ढकालले प्रशिक्षण दिनु भएको थियो । तालिम कार्यक्रमको उद्घाटन पूर्व सभामुख कृष्ण बहादुर महराले गर्नु भएको थियो ।


तालिम कार्यक्रमले होमस्टे संचालनको लागी उत्साह थपेको गुरुङगाँउ सामुदायिक होमस्टेका अध्यक्ष हरिजंग गुरुङले बताउनु भयो । रोल्पामा पछिल्लो समय होमस्टेमा आन्तरिक पाहुनाहरुको चहलपहल बढन थालेको छ । स्थानिय गुरुङ संस्कृति, रहनसहन अनुभव लिनको लागी पर्यटकहरु आउने गरेको अध्यक्ष गुरुङले बताउनु भयो । माओवादी जनयुद्ध समयमा सवैभन्दा प्रभावित जिल्ला रोल्पा हेर्न यतिखेर पर्यटकहरु समुह बनाएर जाने गरेका छन ।

 

 

 

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार २०:३२