जसपा अरुसँग मागेर खाने कमजोर जातीय र क्षेत्रीय शक्ति होइन : बाबुराम भट्टराई
२७ चैत, काठमाडाैँ । बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) अरुसँग मागेर खाने कमजोर जातीय र क्षेत्रीय शक्ति नभएको बताउनुभएकाे छ । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा जसपाका शीर्ष नेताको सामूहिक तस्बिर सार्वजनिक गर्दै भट्टराईले यस्तो बताउनुभएकाे हाे ।
भट्टराईले जसपा कमजोर जातीय र क्षेत्रीय शक्ति नभएर सच्चा राष्ट्रिय शक्ति बन्नु पर्ने बताउनुभएकाे हाे । उहाँले लेख्नुभएकाे छ, ‘जसपा अरूसंग मागेर खाने कमजोर जातीय रक्षेत्रीय शक्ति हैन सच्चा राष्ट्रिय शक्ति बन्नु छ’ ।

भट्टराईले शुक्रबार जसपा पदाधिकारीको बैठक सौहाद्र्रपूर्ण र गम्भीर वातावरणमा सुरु भएको भन्दै यस्तो बताउनुभएकाे हाे । उहाँले उदीयमान वैकल्पिक शक्ति हुनुको नाताले जसपाले विद्यमान राष्ट्रिय राजनीतिक संकटको समाधानका निम्ती अग्रणी भूमिका खेल्नुपर्ने समेत बताउनुभयाे ।
उहाँले लेख्नुभएकाे छ, ‘जसपाको पदाधिकारी वैठक सौहार्द्रपूर्ण र गम्भीर वातावरणमा शुरू भएको छ। उदीयमान वैकल्पिक शक्ति हुनुको नाताले जसपाले विद्यमान राष्ट्रिय राजनीतिक संकटको अग्रगामी समाधाननिम्ति अग्रणी भूमिका खेल्नैपर्छ’ ।
प्रकाशित मिति : 19:14









