टङ्क आङ्बुहाङ पुनः मन्त्रीमा नियुक्त, शुक्रबार नै लिए सपथ
२७ चैत, काठमाडाैँ । नेकपा माओवादी केन्द्र त्यागेर प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएका टङ्क आङ्बुहाङलाई पुनः मन्त्रीमा नियुक्त हुनुभएकाे छ । आङ्बुहाङलाई ६ महिनाका लागि मुख्यमन्त्री शेरधन राईले दोस्रो पटक मन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । दल त्याग गरेर मन्त्री बनेका आङबुहाङको सांसद पद बिहीबार रिक्त भएको थियो। सांसद पद नभएका व्यक्तिलाई ६ महिनाका लागि मन्त्री बनाउन सक्ने प्रावधान छ।

प्रकाशित मिति : 17:39









