पत्रकार महासंघ नुवाकोटको विवादित मतपत्र पूर्व अध्यक्षको घरमा भेटियो
२७ चैत, नुवाकोट । नेपाल पत्रकार महासंघ नुवाकोटको विवादित मतपत्र पूर्व अध्यक्ष कपिलदेव खनालको घरमा भेटिएको छ । प्रेस चौतारी, प्रेस युनियन र जनपत्रकार संगठन लगायतले बदरयोग्य मतहरू खारेज गरेर पुनः मतदान गर्न माग गर्दै निर्वाचन समितिमा उजुरी परेपछि निर्वाचन समितिले पतपत्र खोज्दा पूर्व अध्यक्ष खनालले घरमा लगेर राखेको भेटिको हो ।

प्रेस चौतारी र जनपत्रकार संगठनको सहमति बिनै गनिएका मतपत्रहरू पूर्व अध्यक्ष खनालले घरमा लगेको हल्ला चलेपछि शुक्रबार दिउँसो अध्यक्ष खनालले महासंघको कार्यालयमा मतपेटीका पुर्याएका छन । अध्यक्ष खनाल अनौपचारिक पोशाकमै मतपत्रको पेटिका बोकेर महासंघको कार्यालयमा पुगेको र ताल्चा खोल्दै गरेको तस्बीर दैनिकीले प्राप्त गरेको छ । यद्यपी पूर्व अध्यक्ष खनालले मतपत्र आफ्नो घरमा नराखेको दाबी गर्नुभएको छ ।
पूर्व अध्यक्ष खनालले घरमा लगेर मतपत्र राखेको पाएपछि जनपत्रकार संगठनका नेता एवं अध्यक्षका प्रत्यासी नारायण नेपाल र प्रेस युनियन नुवाकोटका अध्ययक्ष एवं उपाध्यक्षका प्रत्यासी नवराज सुवेदीले मतपत्रको सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएका छन । तस्बीरहरूः सुरज सिलवाल

निवेदनमा भनिएको छ ‘नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमितिको पदाधिकारीको लागी प्रयोग भएको मतपत्रमा संकेत गरिएको (क्र.स) उल्लेख गरिएको जानकारी यसअघि नै हजुर समक्ष अवगत गराइसकेको छौ। उक्त मतपत्र नुवाकोटमा निर्वाचन गराउन गठन गरिएको निर्वाचन कमिटीले विवादित निर्वाचनको क्रममा अध्यक्षको उम्मेदवार रहेका कपिलदेव खनाललाई निर्वाचन कमिटीले मतपत्र बुझाएको भन्ने जानकारीमा आएकाले हाल उक्त मतपत्रको असुरक्षा हुने जोखिम देखिएको हुदाँ गठन भएको निर्वाचन कमिटी मार्फत नै निर्वाचनमा प्रयोग भएको मत पत्र हो होइन एकीन गरेर त्यसको शान्ति सुरक्षा गरि पाउँ भनेर उक्त निर्वाचनका उम्मेदवार रहेका हामीले सयुक्त रुपमा यो निवेदन पेश गरेका छौ ।’

प्रकाशित मिति : April 9, 2021 at 6:06 pm



