नयाँ सत्ता समिकरणको प्रयासमा कांग्रेस, देउवा निवासमा बसेको तीन दलीय बैठक निष्कर्षबिहीन
२७ चैत, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सत्ता समिकरणको गठनको अन्तिम प्रयास गरिरहेको छ । नयाँ सरकारका लागि संख्या नपुगे पनि भारतका लागि कम्फर्टेबल सरकार बनाउने उद्घोष गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको प्रस्तावमा कांग्रेसले छलफल तीव्र पारेको छ । कांग्रेसले नयाँ सत्ता समिकरण निर्माणको तयारी स्वरूप शुक्रबार औपचरिक रूपमा पहिलो पटक तीन दलीय बैठक बोलाएर छलफल गरेको छ ।

तीन दलीय बैठकमा कांग्रेसबाट देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, बिजयकुमार गच्छेदार, विमलेन्द्र निधि, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जसपाबाट महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतका नेताहरु सहभागी रहेका थिए । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार शुक्रबारको छलफलमा कांग्रेसले नयाँ सत्ता समिकरणका लागि सहयोग गर्न माओवादी केन्द्र र जसपालाइ अनुरोध गरेका छन । यद्पी जसपाले कुनै पनि निर्णय पार्टीमा नभएकाले तत्काल केही जवाफ दिन नसक्ने बताएको शर्माले जानकारी दिनुभयो ।
कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर नयाँ सत्ता समीकरणमा अग्रसरता लिने निर्णय गरेको धेरै दिनपछि देउवाले बैठक बोलाएर छलफल गरेका हुन । निर्वाचनमै जानुपर्ने निष्कर्षमा रहेका देउवा पछिल्लो समय भारतका लागि कम्फर्टेबल सरकार बनाउनुपर्छ भनेर अभियान चलाउनेहरूको दबाब परेपछि छलफलमा जुटेका हुन ।
प्रकाशित मिति : 17:19









