१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

जनरल इन्स्योरेन्सले डाक्यो साधारणसभा, यस्ता छन् एजेण्डा ?

२७ चैत, काठमाडाैँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको उक्त सभा काठमाडाैँको हात्तीसारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ। कम्पनी उक्त सभा आउँदो वैशाख २६ गते आयोजना गर्ने निर्णय गरेको हो।


सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय छलफल गरी पारित गर्नेछ । साथै सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक (एक महिलासहित) निर्वाचित गर्नेछ।  कम्पनीले वार्षिक सभा प्रयोजनका लागि वैशाख १० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले वैशाख ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित मिति : April 9, 2021 at 12:09 pm