२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड, १२ लाख ९० हजार १०२ को हात खाली


२७ चैत, काठमाडाैँ । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा १५ लाख ६५ हजार ५३० आवदकबाट शेयर माग भएको थियो । त्यसमध्ये १५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन परेको छ भने ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । मागभन्दा धेरै आवेदन परेकोले उक्त आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड भएको छ ।

ग्रोलाप्रथाबाट वितरण गर्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकी १२ लाख ९० हजार १०२ को हात खाली भएको छ।  । कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो । यो आईपीओको नतिजा केही घन्टाभित्रै सार्वजनिक हुने क्यापिटलले जनाएको छ। आईपीओको रिजल्ट सीडीएससीको https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार ११:५३