२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

शुक्रबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?


२७ चैत, काठमाडाैँ । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । आज सुनको मूल्य ९ सय रुपैयाँले बढेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाला सुन तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकात्मक तस्बिर ।

त्यस्तै, आज तेजावी सुनको मूल्य ८९ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलाको १२६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले बढेर तोलाको १२८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार ११:२१