२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

बरुण हाइड्रोपावरको बोनस सेयरधनीको डिम्याट खातामा जम्मा


२७ चैत, काठमाडाैँ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडकाे बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएको छ । कम्पनीको १७औं वार्षिक साधारणबाट पारित भएको ५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिएको हो । कम्पनीले पुस १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा बोनस सेयर जम्मा गरिएको हो ।

 कम्पनीले हालसम्म सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार ११:०४