सरकार बदल्ने हाम्रो पार्टीको एजेण्डा होईनः वृषेशचन्द्र लाल
२६ चैत, काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालका नेता वृषेशचन्द्र लालले आफ्नो पार्टीको एजेण्डा सरकार परिवर्तन वा सरकारलाई निरन्तरता दिनेभन्दापनि मुद्दा सम्बोधन नै मुख्य रहेको बताउनुभएकाे छ । उहाँले भन्नुभयाे,‘हाम्रो एजेण्डा स्पष्ट छ, हामी सरकार पविर्तन गर्ने वा नयाँ सरकार बनाउने भन्ने होईन, हामीलाई हाम्रो मुद्दा सम्बोधन गर्नुपर्छ ।’
राजधानीमा विहिबार आयाेजित एक कार्यक्रममा उहाँले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, झुठा मुद्दा लागेकाहरुको मुद्दा फिर्ता, बन्दी रिहाई हुनुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे,‘हाम्रो संघर्ष भनेको यो सरकारलाई परिवर्तन गर्नमात्रै होईन् ।’उहाँले आफूहरुले माग पूरा गराउनको लागि राज्यसँग वार्ता गर्नुपर्ने भएकोले सोहीअनुसार अहिले सरकारसँग वार्ता भैरहेको पनि विश्वास दिलाए । उहाँले भन्नुभयाे,‘हाम्रा वार्ताकारहरु उत्साही हुनुहुन्छ । अहिले हामी माग पूरा हुनेमा विश्वास गरिराखेका छौं ।’ उहाँले आफूहरु कसैलाई पनि समर्थन गर्ने पक्षमा नरहेको भन्दै तटस्थ रहेको बताउनुभयाे ।

उहाँले आफूहरुले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि कुरा गरिराखेको सुनाए । उनले भने,‘हाम्रो माग राष्ट्रिय मुद्दा हो । ठूला दलहरुले यी माग पूरा गर्ने सवालमा सार्वजनिक रुपमा आफ्नो धारणा राख्नुभएको छैन् । तर, सरकार बनाउनको लागि संख्या पुर्याउने खेलमा हामी यसमा सहमत छैनौं ।’ वैकल्पिक सरकार किन बनेन ? भनेर आफूहरुलाई नसोध्नपनि उहाँले आग्रह गर्नुभयाे । उहाँले भन्नुभयाे,‘यसमा हामीलाई दोष नदिउँ । हामी त प्रष्ट छौं । हाम्रो माग पूरा हुनुपर्छ । समर्थन फिर्ता नलिनेहरुलाई पनि म भन्न चाहन्छु कि गठबन्धनको आधार के हुन्छ ? कुरा त प्रष्ट आउनुपर्यो नि । कुर्सी बचाउने वा सरकार बदल्ने हाम्रो प्राथमिकता होईन् ।’
प्रकाशित मिति : 17:57









