सरकारले काम नदिएको होइन, संसद्ले काम गर्न नसकेको हो : लालबाबु पण्डित
२६ चैत, काठमाडाैँ । पूर्वमन्त्री तथा सांसद लालबाबु पण्डितले सातौँ अधिवेशनले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन ? भनेर प्रश्न गर्नु भएकाे छ । प्रतिनिधि सभाकाे बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद पण्डितले यस्तो प्रश्न गर्नु भएकाे हाे ।‘यो सातौँ अधिवेशनले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन ? यो विधेयक अधिवेशन हो तर यसले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर जनताले हेरिरहेका छन्, संसदमा अहिले ६५ वटा विधेयक छन्, यी सबै महत्वपूर्ण विधेयक हुन् । सन्धि सम्झौताहरु अनुमोदनको निम्ति पर्खिरहेको छ,’ उहाँले भन्नुभयाे ।

त्यस्तै संसदमा काम छैन भन्नेहरूलाई विधेयक शाखामा गएर हेर्न पण्डितले सुझाव समेत दिनुभयाे। संसदलाई सरकारले काम दिएन भन्नु एकतर्फी कुरा भएको पनि उहाँको दाबी छ । ‘संसद्ले काम नपाएको भन्ने, सरकारले काम नदिएको भन्ने ? संसद्ले काम नपाएको होइन, संसद्ले काम गर्न नसकेको हो । यदि जानकारीको अभाव हो भने विधेयक शाखाबाट रिपोर्ट लिन सक्नुहुन्छ,’ उनले भनेउहाँले भन्नुभयाे ।
प्रकाशित मिति : 16:00









