एमाले विभाजन गर्ने माधवकुमार नेपालको अभियानबाट बाहिरए भक्तपुरका सोम मिश्र
२६ चैत, काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र एमाले विभाजन गर्ने माधवकुमार नेपालको अभियानबाट बाहिरिएका छन । नवौँ महाधिवेशनमा माधवकुमार नेपालले चुनाव हार्दा पनि सोही गुटबाट केन्द्रीय सदस्यमा निर्वाचित बनेका मिश्र माधव नेपाल निरन्तर पार्टी समाप्न पार्ने अभियानमा सरिक भएपछि संस्थापन समूहमा सक्रिय भएका हुन ।

अहिले एमाले विभाजनको विउ रोप्ने गरी नेपाल समूहले भातृ संगठन र पार्टीका विभिन्न कमिटीमा समानान्तर कमिटी गठन गरिरहेका छन । यही क्रममा मिश्रलाइ पनि उनीहरूले समानान्तर कमिटीमा राखेका थिए । तर उनले समानान्तर कमिटीमा बस्न अस्वीकार गरेका छन । मिश्रले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री तथा संगठन विभाग प्रमुख बिष्णु पौडेल र केन्द्रीय सदस्य महेश बस्नेत लगायतका नेताहरुसँग भेटेर आफू एमाले विभाजनको अभियानमा नरहेको बताउनुभएको छ । यसअघि बुधवारमात्रै धादिङका प्रदेशसभा सदस्य डा।रामकुमार अधिकारी र संविधानसभा सदस्य धनवहादुर घलेले नेपाल पक्षको समानान्तर कमिटीबाट अलग रहेको विज्ञप्ति जारी गरेका थिए ।
प्रकाशित मिति : 13:49









