२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

“स्पीक एण्ड विन” नारासहित पब्लिक स्पिकिङ्ग सेमिनार

१७ असार, काठमाडौँ । जीवनमुल्यलाई बढवा दिने पब्लिक स्पिकिङ्ग अभियान सम्बन्धी सेमीनार आयोजना भएको छ । “स्पीक एण्ड विन” (बोल्नुस र जित्नुस) भन्ने मुलनाराका साथ आफ्ना क्रियाकलापलाई अगाडी बढाई रहेको नेपाल आन्ट्रप्र्रेनरसिप एजुकेशन फाउन्डेशन (नीफ) पब्लिक स्पिकिङ्ग, संबादकला, व्यक्तित्व तथा क्षमताविकासमा प्रशिक्षण दिने नेपालकै अग्रणी संस्था हो । यसले करिब ३ वर्षको अवधीमा ३००० भन्दा बढि बिभिन्न क्षेत्रमाआवद्ध व्यक्तित्वहरुलाई व्यवहारिक प्रशिक्षण प्रदान गरी उहाँहरुको जीवनमा आमूल परिर्वतन ल्याउन सफल भएको छ ।

कार्यक्रममा निफका प्रमुख प्रशिक्षक एचवि कटवालले हामीले खोजेको सफलताको क्षितिज सम्म पुग्न हामी सबैमा आशा, उमंग र उत्साह हुनु पर्दछ । आशा, उमंग र उत्साह साथ कार्य गर्नुहोस् र जिबनमा सफलता हासिल गर्नुहोस् भन्दै पे्ररणामूलक स्पिच दिनु भएको थियो । त्यस्तै कार्यक्रममा नीफका अध्यक्ष तथा सीइओ शशी शर्माले गुणस्तरीय संवादकलाको माध्यमबाट नेपाली समाज र देशमा योगदान गर्ने अभिप्रायले निफ पब्लिक स्पिकिङ्ग अभियानलाई अगाडि वढाई रहेको जानकारी दिनुभयो ।साथै उहाँले अधिकाशं प्रशिक्षार्थीहरुले यस प्रशिक्षण पछि आपmनो व्यक्तीगत जिन्दगी तथा कार्यक्षेत्रमा धेरै राम्रो उपलब्धीहरु हसिल गर्नुभएको बिषयमा पनि जानकारी दिनुभएको थियो ।

त्यस्तै कार्यक्रममा नीफ पब्लिक स्पिकिङ्ग क्लवका अध्यक्ष गोविन्द प्रसाद गौतमले पव्लिक स्पिकिङ्ग प्रशिक्षण लिनु भएका पुर्व प्रशिक्षार्थी माहानुभावहरुको अभ्यासलाई निरन्तरता दिन निफ पब्लिक स्पिकिङ्ग क्लवले आफना कृयाकलाप अगाडी बढाई रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा नीफ पव्लिक स्पिकिङ्ग ट्रेनिङ्ग फेसिलिटेटर एवं नीफ पव्लिक स्पिकिङ्ग क्लवका कार्यकारी सदस्य सुरेश सिंखडाले आजको प्रतिस्पर्धामक समयमा पब्लिक स्पिकिङ्गको महत्वको विषयमा मन्तव्य दिनुभएको थियो । त्यस्तै कार्यक्रममा नीफ पब्लिक स्पिकिङ्ग प्रशिक्षण पुरा गर्नु भएका पूर्व–प्रशिक्षार्थीहरुले आफ्ना मर्म–स्र्पशी अनुभव प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा ४ हप्ताको पब्लिक स्पिकिङ्ग प्रशिक्षण पुरा गर्नु भएका ब्याच नम्वर ३६२ देखी ३६५ सम्मका प्रशिक्षार्थी महानुभावहरुलाई प्रमाण–पत्रवितरण गरिएको थियो ।

 

प्रकाशित मिति : १७ असार २०७५, आईतवार १२:०६