२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर बाँडफाँड


२५ चैत, काठमाडाैँ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चैत ३ गतेदेखि चैत १० गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ ।


संस्थापक समूहको १५ हजार ९ सय ७४ कित्ता तथा सर्वसाधारण समूहको ६ हजार ५ सय ८३ कित्ता सेयर चैत २४ गते बाँडफाँड गरिएको हो । बाँडफाँडमा नपरेकाे सेयर वापतकाे रकम भुक्तानी आजदेखि बोलपत्रवालाले आफ्नाे बोलपत्र फाराममा उल्लेख गरेकाे खातामा जम्मा गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार १३:०९