२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

रौतहटको जंगलमा रोकिरहेको ट्रकमा आगजनी

१७ असार, रौतहट । रौतहटको लमाहा जंगलमा अज्ञात समूहले रोकी राखेको ट्रकमा आगजनी गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको लमाहा जंगलमा शनिबार दिउँसो ३ बजे ना ३ ख ३८४२ नम्बरको ट्रकमा भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ट्रक पूर्ण रुपमा क्षति भएको छ । ट्रक कसको हो भन्नेबारेमा केही नखुलेको इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरले जनाएको छ । प्रहरीले आगो लगाउने समूहको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७५, आईतवार ११:१७