ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार खुल्यो,कतिमा भयो पहिलो कारोबार ?
२५ चैत, काठमाडाैँ । स्पेशल प्रि ओपन सेसनमा ज्योति लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ। बुधबार ज्योति लाइफ इन्स्योरेन्सको पहिलो कारोबार प्रतिकित्ता ३६० रूपैयाँमा भएको हो। कम्पनीकाे ९० कित्ता सेयर प्रति कित्ता ३६० रूपैयाँमा भएकाे हाे । मंगलबार कम्पनीको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका २ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको भएको थियो।

नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि न्यूनतम १२० रुपैयाँ २९ पैसा देखि ३६० रुपैयाँ ८७ पैसा ओपिनिङ्ग रेन्ज तोकिएको थियो । कम्पनीको सेयर जेएलआई संकेतबाट कारोबार हुने छ ।
प्रकाशित मिति : April 7, 2021 at 11:04 am









