२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

एम्बुलेन्स हस्तान्तरण गर्न नदिएकाे भन्दै पूर्वमन्त्री दुलालले एमाले नेता कुटे

२५ चैत, सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी सदस्य तथा ईन्द्रावती मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष विष्णुमणि आचार्य र साेही समितिमा कार्यरत कर्मचारी अशाेक काेईराला माथि प्रदेश माननीय एवम पुर्व सामाजिक बिकास मन्त्री युवराज दुलालको समुहले हातपात गरेको छ ।
इन्द्रावती गाउँपालिका वडा नम्बर ७ स्थित सिपापोखरेमा रहेको पोखरे साना किसान सहकारी संस्था लिमिटेडलाई मेलम्ची खानेपानी बिकास समितिको सहयोगमा एम्बुलेन्स बितरण गर्न आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी कसलाई बनाउने भन्ने बिषयमा सामान्य बिबाद भएको थियो। पहिला मेलम्ची खानेपानीको कार्यकारी निर्देशक तिरेस प्रसाद खत्रीलाइ प्रमुख अथिती बनाउने संस्थाको निर्णय भएपनि दुलाल समुहको दबाबमा दुलाललाई प्रमुख अतिथी बनाएको थियो। एम्बुलेन्स हस्तान्तरण गर्ने क्रममा सहयोगी दाताको तर्फबाट तिरेस खत्रीले चाबि गाउँपालिका प्रमुखलाई हस्तान्तरण गरेका थिए। यहि बिबादलाइ लिएर दुलालले आफुलाइ प्रमुख अतिथि बन्न रोक्न खोजेको र एम्बुलेन्स हस्तान्तरण गर्न नदिएको भन्दै नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी सदस्य तथा ईन्द्रावती मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष विष्णुमणि आचार्य र साेही समितिमा कार्यरत कर्मचारी अशाेक काेईराला माथि कार्यक्रम स्थल राजेश्वोरी स्कुलको प्राङ्गणमा हातपात गरेका छ्न। दुलालको नेतृत्वमा रहेको समुहले आक्रमण गर्दा आचार्यको पिडुल्ला र कोइरालाको अँखामा चोट लागेको छ।
मंगलबार बिहान भएको हातपात र अभद्र ब्यवहार प्रति नेकपा एमाले जिल्ला कमिटिले घाेर निन्दा र आपत्ति प्रकट गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

प्रकाशित मिति : 06:25