२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

बम प्रहार गर्नेलाई गृहमन्‍त्री बनाएर गल्ती गरेँः प्रचण्ड

२४ चैत, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर आफूले गल्ती गरेको बताउनुभएकाे छ । जनआन्दोलन दिवसको सन्दर्भमा मंगलबार रुकुममा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले आत्मलोचना गर्दै यस्तो बताउनुभएकाे हाे ।

प्रचण्डले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई अवसर दिएर गल्ती गरेको भन्दै यस्तो बताउनुभएकाे हाे । उहाँले गृहमन्त्री भने पनि बादलको नाम लिनुभएन । उहाँले मणि थापालाई स्थायी कमिटी सदस्य बनाएरसमेत गल्ती गरेको बताउनुभयाे । उहाँले आफूलाई संकटमा साथ दिने नेता तथा कार्यकर्तालाई अवसर नदिएर गल्ती गरेको समेत बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘२०७० को चुनावमा ममाथि बम प्रहार गरे । म केही सेकेन्डले मात्र बाँचेको थिएँ । ती बम प्रहार गर्ने साथीलाई मैले गृहमन्त्री बनाएँ । सायद मैले गल्ती गरेँ’,। ‘संगठन र जनतामा केही पनि प्रभाव नभएको मान्छेलाई लगेर स्थायी कमिटीमा राखिदिए । सायद मैल गल्ती गरेँ । मैले तपाईंहरुलाई नै अगाडि बढाइराख्नु पथ्र्यो । त्यहाँनेर गल्ती भयो ।’

प्रकाशित मिति : 19:28