२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

कर्णाली प्रदेशमा एमालेका तीन मन्त्रीले दिए राजीनामा

२४ चैत, काठमाडाैँ । कर्णाली प्रदेशमा नेकपा एमालेका तीन मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । मन्त्रीहरुले मंगलबार सामूहिक राजीनामा दिएका हुन् । माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् ।

पार्टीको संसदीय दलले दिएको निर्देशन पालना गर्दै उनीहरुले आज मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजीनामा दिएका हुन् । आइतबार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो। यसअघि नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर तीन मन्त्रीहरु सरकारबाट नबाहिरिएपछि मुख्यमन्त्री शाहीले आफ्नो सरकार बहुमतमा रहेको दाबी गरेका थिए ।

प्रकाशित मिति : 13:48