२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

सोमबार नेप्सेमा ३ कम्पनीको १२ लाख ७४ हजार कित्ता सेयर सूचिकृत


२३ चैत, काठमाडाैँ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । सोमबार नेप्सेमा ङादी ग्रुप पावर लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १२ लाख ७४ हजार भन्दा बढी कित्ता सेयर सूचिकृत भएको हो ।

नेप्सेमा ङादी ग्रुप पावर लिमिटेडकाे ५ लाख ३५ हजार ५५४ दशमलव ८० कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै बरुण हाइड्रोपावर कम्पनी लिमिटेडकाे १ लाख २७ हजार ५५७ कित्ता बोनस सेयर सूचिकृत भएको छ । इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे ६ लाख १० हजार ९९८ दशमलव ७९५० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार १५:०५