गोकुल बाँस्कोटाकाे प्रश्नः जनताको बीचमा जानु प्रतिगमन हुन्छ भने अग्रगमन के हुन्छ ?
२३ चैत, काठमाडौँ । एमाले सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सरकारलाई दिएको समर्थन फिर्ता नलिएर माओवादीले राजनीतिक निकास नदिएको बताएका छन्। सोमबारको प्रतिनिधि सभामाकाे बैठकमा बोल्दै उनले भने, सरकार कामचलाउ कसरी हुन्छ ? के भनेको यो ? यो सरकार कस्तो जगमा बनेको छ ? समर्थन आफू गर्ने, फिर्ता गर्न नसक्ने, अर्को सरकार बनाउन कुनै एजेण्डा प्रस्तुत गर्न नसक्ने, अनि सरकार कामचलाउ भयो भन्ने ? विश्वासको मत फिर्ता लिए अर्को चरणको प्रक्रिया सुरुवात हुने भन्दै ‘आफैँ अड्काउने आफै पड्काउने ? त्यो काम नगर्नुस्’ उनले भने ‘जनताको बीचमा जानु प्रतिगमन हुन्छ भने अग्रगमन के हुन्छ ? द्वन्द्वकालमा राजासँग मिलेर साही साम्यवाद ल्याउन गरेको छलफल अग्रगमन हो ?’,

‘ओली सरकारअगाडि नेपाली राजनीतिको लागि मात्रै सीमित थियो। अहिले राष्ट्रिय स्वाधिनता र स्वाभिमान तथा राष्ट्रको एजेण्डामा परेको छन्। अहिले विकासको बहुआयामिक एजेण्डा बनेको छ। सुखी देश र समृद्धि देश निर्माण गर्नका लागि सरकारले ध्यान दिएको छ’ उनले प्रश्न गर्दै भने, ‘विकासको एजेण्डा के हो ? राजनीतिक मुद्दा के हो ? जनताका बीचमा के भनेर जान चाहेको हो ? स्पस्ट हुनुपर्छ’ । एजेण्डा विहीन नेतृत्वले केही गर्न नसक्ने भन्दै विरोधका लागि विरोध गर्दा सही गन्तव्यमा पुग्न नसकिने उनले बताए । विना मुद्धा र एजेण्डा सरकारको विरोधका लागि विरोध गर्नेहरुले जनतालाई आशा र भरोसा गर्न नसक्ने तर्क गर्दै उनले भने ‘विकास निर्माणमा नलाग्ने भए राजनीतिक दलको आवश्यकता किन?
प्रकाशित मिति : 14:49









