१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

ज्योति लाइफको शेयर सूचीकरण अन्तिम चरणमा, यसै साताभित्र कारोबारमा हुने

२२ चैत, काठमाडाैँ । ज्योति लाइफ इन्सयोरेन्सको शेयर सूचीकरण प्रकृया अन्तिम चरण पुगेको छ। कम्पनीले शेयर सूचीकरणको लागि नेप्सेमा आवेदन दिइसकेकाे छ।  सूचीकरणको लागि आवश्यक कागजपत्र पेश भएको छ कि छैन त्यसको अध्ययन गरेर दुई/तीन दिन भित्रै शेयर सूचीकरण हुने नेप्सेले जनाएको छ । सिडीएससीले ज्योति लाइफको शेयर जेएलआई कारोबार संकेतमा शेयरधनीको डिम्याट खातामा पठाईसकेको छ।

कम्पनीले फागुन २१ गतेदेखि २६ गते जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीका लागि , ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको थियो। उक्त शेयर चैत १३ बाँडफाँट भएको थियो।

प्रकाशित मिति : April 4, 2021 at 1:14 pm