२७ बैशाख २०८१, बिहीबार | Fri May 10 2024

२२ चैत, काठमाडाैँ । आइतबार नेपाली बजारमा सुनको स्थिर रहेको छ । शुक्रबार तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार ९ सय ५० कायम भएको छ । आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार तोलाको १२४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आईतवार ११:४५