२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

नागरिक लगानी कोषले घोषणा गर्यो लाभांश, बोनस कति ?


२२ चैत, काठमाडाैँ । नागरिक लगानी कोषले लाभांश घाेषणा गरेकाे छ । चैत २१ गते बिहान बसेको कोषकाे सञ्चालक समितिको  बैठकले शेयरधनीलाई वितरणा गर्ने लाभांश घाेषणा गरेको हो। बैठकले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट काेषका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीकाे ९ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ८.८९४७ प्रतिशत नगद गरि कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश अर्थमन्त्रालयबाट स्वीकृत भएर आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले वितरण हुनेछ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आईतवार ११:१९