बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण पुष्टि
२२ चैत, काठमाडाैँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई काेराेना संक्रमण भएको जानकारी आफैँले ट्वीटरमार्फत दिएका हुन्। उनले लेखेका छन, ‘म सबैलाई यो सूचना दिन चाहन्छु कि आज बिहान मेरो कोभिड रिपोर्ट आएको छ जसमा म कोभिड पोजेटिभ पाइएको छु । सबै नियमको पालना गर्दै मैले आफूलाई आइसोलेट गरेको छु र म होम क्वारेन्टिनमा छु र आवश्यक औषधी लिइरहेको छु ।’ ‘पछिल्ला समय मसँग जो सम्पर्कमा आउनुभएको छ, म उहाँहरु सबैलाई यो अनुरोध गर्न चाहन्छु कि तपाईंहरुले पनि आफ्नो कोभिड परीक्षण गराउनुहोस् र आफ्नो ख्याल राख्नुहोस् ।


प्रकाशित मिति : April 4, 2021 at 10:22 am









