२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

शंकरदेव क्याम्पसका प्रमुखलाई कालोमोसो दल्ने तमाङलाई छाड्न कांग्रेस र नेविसंघको दबाब

१६ असार, काठमाडौँ । राजधानी काठमाडौँको पुतलीसडकमा रहेको शंकरदेव क्याम्पसका सहायक प्रमुखलाई कालोमोसो दल्नेलाई छुटाउन कांग्रेस र नेविसंघले चर्को दबाब दिन थालेका छन । असार १० गते कार्यालाय समय सुरु हुने वित्तिकै नेविसंघका नेता विवेक तामाङको समूहले शंकरदेवका सहायक क्याम्पस प्रमुख धनराज चालिसेलाई कालो मोसो दलेको थियो ।

विभिन्न शैक्षिक माग राख्दै पूरा गर्नका लागि पटक पटक अनुरोध गर्दा समेत अटेर गरेको आरोपमा तमाङको नेतृत्वमा नेविसंघको केन्द्रीय नेतृत्वकै आदेशमा चालिसेलाई कालोमोसो दलिएको थियो । चालिसेलाई कालोमोसो दलेर दूव्र्यवहार गरेका तमाङलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक अपराधको मुद्दा लगाएको छ ।

यता नेविसंघका मुख्यसचिव डिल्लीराज हमालले शनिबार विज्ञप्ति जारी गर्दै तमाङलाई रिहा गर्न १२ घण्टाको अल्टिमेटम दिएका छन । उनले अन्यथा गरिए त्यसपछिको परिणाम भोग्न तयार रहन क्याम्पस प्रशासन र पहरीलाई चेतावनी समेत दिएका छन । उता नेपाली कांग्रेसका नेताहरूले काठमाडाैँ प्रहरीलार्इ तमाङलार्इ तत्काल छाड्न दबाब दिइरहेको छ ।

प्रकाशित मिति : १६ असार २०७५, शनिबार १८:४९