२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

माधव नेपाल समूहले घोषणा गर्‍यो २ महिने अभियान

२१ चैत, काठमाडाैँ । नेकपा एमालेको माधव नेपाल समूहले पार्टी एकताको पक्षमा दुई महिने अभियानको घोषणा गरेको छ । शनिबार बसेको खनाल नेपाल पक्षको स्थायी कमिटी बैठकले २०७५ जेठ २ को संरचनामा फर्की एकताको पक्षमा फर्किन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरेको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले नेता योगेश भट्टराईले ‘नेकपा एमालेको एकतालाई जोगाऔं,कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नाराका साथ दुई महिने अभियान चलाइने जानकारी दिए । यस्तै अध्यक्ष ओलीले आफ्नो निर्णय सच्याउनुपर्ने पनि खनाल नेपाल पक्षको माग रहेको नेता भट्टराईले जानकारी दिनुभयाे ।

भट्टराईका अनुसार विभिन्न अधिवेशन, महाधिवेशनहरूबाट आएका कमिटीहरु पुनः सन्चालन गर्ने र आवश्यकता अनुसार गठन पुनर्गठन हुने छ ।

प्रकाशित मिति : 17:11