माधव नेपाल समूह अँध्यारो सुरूङमा फसेको छः सल्लाहकार थापा
२१ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेता माधवकुमार नेपाल समूह अँध्यारो सुरूङमा फसेको बताउनुभएकाे छ । शनिबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सल्लाहकार थापाले माधवकुमार नेपाल समूहकाे बाहिर निस्किने ठाउँ नै नभएको बताउनुभएकाे हाे ।

उहाँले लेख्नुभएकाे छ, ‘माधवकुमार नेपाल नेतृत्वको बागी समूह अँध्यारो सुरूङमा पसेको छ, जसको बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै मिल्दैन ! साथमा न पार्टी, न चुनाव चिह्न, न त राजनीति नै छ, गुट, समानान्तर रवैया र आत्मनिन्दाको सर्वनाशको बाटो त्यागी संयमित हुन जरूरी छ । नभए बिजोग होला है !’

प्रकाशित मिति : 14:44









