२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

शुक्रबार पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


२० चैत, काठमाडाैँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । आज सुनको मूल्य ९ सय रुपैयाँले बढेर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाला सुनको मूल्य तोलाको ८६ हजार ५ रुपैयाँमा कारोबार भएको थियाे ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य  तोलाको ८६ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य तोलाको ८६ हजार ५० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलाको १२१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर तोलाको १२४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार १२:१६