२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

प्रधानमन्त्री ओलीको शोक सन्देश स्वर्गीय मानन्धरको परिवारजनलाई हस्तान्तरण

२० चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट नेता विष्णुबहादुर मानन्धरको निधन भएकोमा पठाउनु भएको शोक तथा समवेदना सन्देश परिवारजनलाई हस्तान्तरण गरिएको छ । बिहीबार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई, प्रेस सल्लाहकार सूर्प थापा र सांसद बिना श्रेष्ठ लगायतको टोलीले प्रधानमन्त्रीको शोक तथा समवेदना सन्देश परिवारजनलाई हस्तान्तरण गरेको हो ।

नेपालकाे राणाविराेधी २००७ सालकाे आन्दोलन र सिंगाे कम्युनिस्ट आन्दोलनमा स्वर्गीय मानन्धरको सक्रिय, प्रेरणादायी र उल्लेखनीय याेगदान रहेकाे छ । उहाँको पाँचदिन अघि ९१ बर्षकाे उमेरमा दु:खद अवसान भएको थियाे । परिवारजनलाई शाेक तथा समवेदना सन्देशसहित पुगेको टोलीले मानन्धर निवासमा पुगेर छाेरा सुनिल मानन्धर र परिवारजनलाई भेटेर उहाँहरूले समवेदना व्यक्त गर्नुभयाे ।

प्रकाशित मिति : 10:09