२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

तीन किलो सुनसहित काठमाडाैँबाट दुईजना पक्राउ

१६ असार, काठमाडाैँ । महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले आज बिहान ११.३० बजे चेकजाँचका क्रममा भारतका १९ वर्षीय दीपककुमार मोर्रे र कञ्चनपुरका २३ वर्षीय मनोज विकलाई पक्राउ गरेको हो ।

परिसरका प्रमुख विश्वराज पोखरेलले मारुती ८०० लेखेको गाडीको एयर फिल्टरबाट ल्याउँदै गरेको अवस्थामा उक्त सुन बरामद गरेको जानकारी दिनुभयो । सुन कहाँबाट कसरी आयो भन्ने बारेमा अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७५, शनिबार १४:२४