२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

सुरेन्द्र पाण्डे र घनश्याम भुषाल एमालेबाट ६ महिनाका लागि निलम्बित

१९ चैत, काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ । पाण्डे र भुषालले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै  ६ महिनाको लागि पार्टीबाट निलम्बन गर्ने निर्णय लिएको हो ।

यसअघि पार्टी हितविपरीत गतिविधि गरेको भन्दै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : 13:27